स्वास्थ्य पूर्वाधार निर्माणमा पैसाको अभाव हुन दिन्नः मन्त्री पौडेल

Advertisement

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताएका छन् । ललितपुरको गोदावरी नगरपालिकमामा बज्रबाराही चापागाउँ अस्पतालको १५ शैया भवन निर्माणको शिलान्यासका क्रममा सोमबार उनले ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि अर्थ मन्त्रालले ५७ अर्ब ९७ करोड रुीपयाँ बराबरको स्रोत सुनिश्चित गरेको बताए । 

पौडेलले स्वस्थसँग बाँच्न पाउनुपर्ने संविधानको मौलिक हक अनुसार स्थानीय तहमा सुविधा सम्पन्न पूर्वाधार, डाक्टर, स्वास्थ्यकर्मी, स्वास्थ्य उपकरणको उपलब्धताका लागि महाअभियानका रुपमा स्थानीय तहहरुमा एकसाथ आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिएको बताए ।

Advertisement

उनले १८ करोड रुपियाँको सीमामा रहेर १५ शैयाको अस्पताल निर्माण गर्न सकिने भन्दै पूर्वनिर्धारित समय दुई वर्ष अघि नै निर्माण कार्य सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे । अस्पताल निर्माण गर्दा लागत, गुणस्तरीयता र समयमा काम सक्ने कुरालाई ध्यान दिन पौडेलले आग्रह पनि गरे । 
  
अर्थ मन्त्रालयले एक हप्ता अघि ५, १० र १५ शैयाका आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको थियो । 

अर्थ मन्त्रालयले स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख रुपियाँ स्थानीय तहमा पठाइसकेको छ । 

अर्थमन्त्री पौडेलले सातवटा प्रदेशमा सरुवा रोग नियन्त्रणका लागि ५०–५० शैयाका अस्पताल निर्माणको प्रारम्भिक कार्य अघि बढाउन ५६ करोड रुपियाँको व्यवस्था गरिएको जानकारी दिए । 

Advertisement

Advertisement