मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन शिलान्यास

Advertisement

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले काठमाडौँ महानगरपालिका वडा नं. ३, लाजिम्पाट स्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको लागि भूमी पूजा तथा भवनको शिलान्यास आज गरिएको छ । 

बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमी पूजा तथा शिलान्यास गरेका हुन् । विकास बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आपm्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुनेछ भने बैंकको केन्द्रीय कार्यालयले स्थायित्व पाउने छ । उक्त शिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, सेयरधनी तथा ग्राहकहरु र कर्मचारीहरुको उपस्थित रहेको थियो ।  

Advertisement

विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । 

त्यसैगरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । हाल विकास बैंकको १३८ ओटा शाखाहरु रहेका छन् ।  

Advertisement

Advertisement