काठमाडौँ । राजसंस्था र हिन्दु राज्यका पक्षमा देशका विभिन्न जिल्लामा हुँदै आएको प्रदर्शन सोमबार काठमाडौंमा पनि गरियो । संघीय गणतन्त्र खारेज गरि संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यको माग गर्दै विभिन्न संघसंस्थाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनहरु माइतीघरबाट नयाँ बानेश्वरसम्म गएका थिए ।
माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा ‘राष्ट्रवादी’हरुको समूहले संघीय गणतन्त्रात्मक व्यवस्थाले राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय अखण्डता कमजोर बनाएको भन्दै ‘राष्ट्र निर्माता शाहवंशीय संवैधानिक राजसंस्था र सनातन धार्मिक अधिराज्य’को माग गरेका थिए ।
राष्ट्रिय झण्डा बोलेका प्रदर्शनकारीहरुले दलभन्दा देश ठूलो हो भन्दै दलीय झण्डा छोडेर देशको झण्डा बोक्न आव्हानसहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरुले विदेशीको इशारा र स्वास्थ्यमा मुलुकमा संघीयता र गणतन्त्र लाद्ने काम भएको भन्दै राजासहितको नेपालको मौलिक व्यवस्था चाहिने बताएका थिए ।