राजसंस्था पक्षधरहरुलाई विरोध प्रदर्शन गर्न प्रतिबन्ध, कोरोनाको कारण देखाउँदै जुलुस गर्न रोक

Advertisement

काठमाडौँ । राजसंस्था पक्षधरहरुको विरोध प्रदर्शन काठमाडौंमा सुरु भएपछि सरकारले त्यसलाई प्रतिवन्ध गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनालाई देखाउँदै कुनै पनि सभा जुलुस नगर्न सुचना निकालेको छ । 

कोरोकाको जोखिम कायमै रहेको भन्दै काठमाडौं प्रशासनले जारी गरेको प्रेस विज्ञप्तिमा संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरिएको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनलाई बेवास्ता गर्दै सुरक्षा निकायले राजसंस्था र हिन्दु राज्यको मागसहित प्रदर्शन गर्नेहरुलाई कुनै दमन नगरेको समाचार आइरहेको बेला काठमाडौं प्रशासनले विज्ञप्ति निकालेको हो । 

Advertisement

राजसंस्था पक्षधरहरुको विभिन्न जिल्लामा ठूलठूला प्रदर्शनपछि काठमाडौं विरोध प्रदर्शन सुरु भएको छ । राजनैतिक तथा अन्य भीडभाडजन्य गतिविधि बढिरहेको भन्दै प्रशासनले त्यस्ता गतिविधि नगर्न सूचना जारी गरेको छ । भीडभाडजन्य गतिविभि सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन स्थानीय प्रशासन ऐन–२०२८, र संक्रामक रोग ऐन २०२० विपरीत हुने पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रशासनको अनुरोधविपरीत सभा, सम्मेलन, जुलुस गरी भीडभाड बढाएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ । राजसंस्थाको पक्षमा जनलहर देखिएपछि ठूला दलका नेताहरु त्रसित हुन पुगेका छन् । 

Advertisement

Advertisement