सामान्य ज्ञान पनि नराखी सरकारले हतारमा प्रतिक्रिया दियोः ट्रान्सपरेन्सी इन्टरनेशनल

Advertisement

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले सामान्य ज्ञान पनि नराखी टीआईको प्रतिवेदनमा सरकारले पूर्वाग्रही प्रतिक्रिया दिएको बताएको छ । 

अध्ययनको आधारमा टीआईले केही दिनअघि सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा एसियाकै भ्रष्ट मुलुकमा परेको  र भ्रष्टहरुलाई प्रधानमन्त्री केपी ओलीले नै संरक्षण गरेको औंल्याएपछि सरकारले त्यसलाई अस्वीकार गरेको थियो । सरकारले पूर्वाग्रह राखेर प्रतिवेदन निकालेको आरोप लगाउँदै त्यसलाई खारेज गरिएको बताएपछि टीआई नेपालकाका अध्यक्ष खेमराज रेग्मीले सरकारी प्रतिक्रियाको आलोचना गरेका छन् । 

Advertisement

बीबीसी नेपालीसँगको कुराकानीमा उनले ट्रान्सपरेन्सी इन्टरनेशनलप्रति सरकारले पूर्वाग्रह राख्ने काम गरेको भन्दै भने,  ‘अन्तर्राष्ट्रिय प्रतिवेदनहरू कसरी निकालिन्छन् भन्ने सामान्य ज्ञान पनि नराखी सरकारले संस्थाप्रति पूर्वाग्रह राखेर विज्ञप्ती निकाले जस्तो लाग्यो।’

प्रतिवेदन निकाल्न टीआई नेपाल च्याप्टरको कुनै संलग्नता समेत नभएको भन्दै रेग्मीले भने, ‘यो प्रतिवेदन निकाल्न राष्ट्रिय च्याप्टरको कुनै भूमिका र हाम्रो सहयोग पनि हुँदैन। यो अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त र विश्वसनीय संस्थालाई लगाएर सर्वेक्षण गराएका हुन्छन्।’

उनले आफू अहिले कुनै पनि दलमा आबद्ध नभएको र अहिलेको प्रतिवेदन तयार पार्न कुनै भूमिकै नखेलेक बताउँदै सरकारको प्रतिक्रिया अज्ञानता भएको बताएका छन् । 

सरकारका प्रवक्ता पार्वत गुरुङले झण्डै तीन करोड नेपाली जनतामध्ये साँघुरो घेरामा सीमित रही एक हजार व्यक्तिहरूसँग टेलिफोनबाट मनोगत धारणाका आधारमा तयार गरिएको प्रतिवेदनको तथ्यतथ्याङ्क, त्यसको नमुना छनोट, समय र तिनको खोज, अनुसन्धान, निश्कर्षहरू नियोजित आग्रहपूर्वाग्रहमा आधारित भएको दावी गरेका थिए । रग्मीले जापान, कोरियादेखि इन्डोनेशिया, थाइल्यान्ड, भारत, चीन र श्रीलङ्का सबै मुलुकहरूमध्ये भारत र चीन एक अर्बभन्दा बढी जनसङ्ख्या भएकोमा दुई हजार नमुना लिइएको, अन्य सबैमा एक हजार हो भन्दै यो र्‍यान्डम स्याम्पलिङ भएको र त्यसमा उनीहरूले दिएको उत्तरको आधारमा निकालिएको निष्कर्ष हो भनेका छन् । राजनीतिक उद्देश्य प्रेरित  प्रतिवेदन भन्ने सरकारको  आरोपको पनि उनले खण्डन गरेका छन् । 

Advertisement

Advertisement