गणतन्त्र र संघीयताको विरोधमा उठेको आन्दोलनलाई बाबुरामले ‘प्रायोजित’ भने

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संघीयता र गणतन्त्रको विरोध  गर्दै उठेको आन्दोलनलाई ‘प्रायोजित’ भएको आरोप लगाएका छन् । बाबुरामहरुले गरेको आन्दोलन नै प्रयोजित थियो भन्दै राजसंस्था पक्षधरहरुले बताइरहेको बेला बाबुरामले राजसंस्था पुनस्थापनाका लागि भइरहेको आन्दोलन प्रायोजित भएको बताएका हुन् । 

बाबुराम भन्छन्, ‘यौटै शैलीमा देशका प्रमुख शहर र काठमाण्डौमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले०१७सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रष्टै छ । तर यो २१औं शताब्दी हो, सार्वभौम बनेका जनता फेरि दासतामा फर्कने छैनन् । हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नाती पुस्ता जन्मिसकेको छ है ।’

देशभर राजसंस्था र हिन्दुराज्यको माग गर्दै प्रदर्शन बढ्न थालेपछि बाबुरामले पनि त्यसको विरोधमा श्रृंखलावद्धरुपमा प्रतिक्रिया दिइरहेका छन् । सामाजिक सञ्जालमा आफ्नो बलियो नेटवर्क बनाएका उनले दिने गरेका प्रतिक्रियाको जनस्तरबाट चर्को आलोचना हुने गरेको छ ।

यौटै शैलीमा देशका प्रमुख शहर र काठमाण्डौमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले०१७सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रष्टै छ।तर यो२१औं शताब्दी हो;सार्वभौम बनेका जनता फेरि दासतामा फर्कनेछैनन्।हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षागर्न नातीपुस्ता जन्मिसकेको छ है!

— Baburam Bhattarai (@brb1954) November 30, 2020