नेपालमा पनि फाइभ जी परीक्षणको तयारी, फोरजीकै शुल्कमा पाइने

Advertisement

काठमाडौं । नेपालले पनि फाइभ जी परिक्षणको तयारी थालेको छ । नेपाल दुर सञ्चार प्राधिकरणले फाइभ जी प्रविधिको परिक्षणका लागि मन्त्रालयसँग अनुमति मागेको हो ।प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले फाइभ जी परिक्षणको अनुमतिका लागि मन्त्रालयसँग आग्रह गरेको र त्यस्तो अनुमति लगत्तै परिक्षणको प्रक्रिया आरम्भ गर्ने बताए ।

‘हामीले फाइभ जी प्रविधिको परिक्षणका लागि मन्त्रालयसँग अनुमति मागेका छौं, त्यसपछि सेवा प्रदायकहरु मार्फत परिक्षण गराउँछौं’, प्राधिकरण अध्यक्ष खनालले कर्पाेरेट नेपालसँग भने । नेपालमा हाल फोर जी सेवा धमाधम विस्तार भैरहेको छ । नेपाल टेलिकम र एनसेलले फोरजी विस्तारका लागि ठूलो धनरासी खर्चिएका छन् भने स्मार्ट सेलले पछ्याईरहेको छ ।
 
फाइभ जी सेवाको परिक्षणका लागि हुवावे र जेडटीई कम्पनीका उपकरणहरु प्रयोग हुनेछन् । नेपाल टेलिकम र एनसेलल तथा स्मार्टले आफ्नो नेटवर्क भित्र फाइभजी परिक्षण गर्न सक्नेछन् । त्यसका लागि उनीहरुले प्राधिकरणले आव्हान गरेपछि आवश्यक प्राविधिक उपकरणसहित आवेदन दिनुपर्नेछ । 

प्राधिकरणका प्रवक्ता मिन अर्यालले फोरजी भन्दा द्रुतगति र सुरक्षित सेवा फाइभ जीमा प्राप्त हुने बताए । तर मूल्य भने फोरजी भन्दा महंगो नहुने पनि उनले जानकारी दिए । ‘फाइभ जीमा फोरजी भन्दा द्रुतगति र सुरक्षाका नयाँ प्रबन्ध हुन्छन्, मूल्य भने अतिरिक्त नपर्ने सम्भावना छ ।’, प्रवक्ता अर्यालले भने । त्यसका लागि नयाँ फ्रिक्वेन्सी वितरण गर्ने वा फोरजीमै टेक्नोलोजी न्युट्रालिटीको बाटो रोज्ने भन्ने निर्णय भने सरकारको हातमा हुनेछ । 

सञ्चार मन्त्री नेतृत्वको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले स्वीकृति दिएपछि परिक्षणको कार्य आरम्भ हुनेछ । अहिले विकसित देशहरुमा फाइभ जीको धमाधम परिक्षण भैरहेको छ ।
 

Advertisement

Advertisement

Advertisement