जन्मदिनमा केपी ओलीले ख्वाए बिष्णु पौडेललाई केक

Advertisement

काठमाडौं । जन्मदिनको अवसरमा अर्थमन्त्रीसमेत रहेका नेकपाका महासचिवलाई प्रधानमन्त्री केपी ओलीले केक काटेर खुवाएका छन् । पार्टी सचिवालय बैठक बस्ने क्रममा बालुवाटारमा ओलीले पौडेललाई केक काटेर खुवाएका हुन् । 

ओलीले खुवाएपछि नेकपाका दोस्रा अध्यक्ष पुष्पकमल दाहालले पनि केक खुवाएका थिए ।  त्यस क्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, वामदेव गौतमलगायत पनि सहभागी थिए । वामदेवले सय बर्ष बाँच्न पौडेललाई आर्शिवाद दिएका थिए । 

Advertisement

बालुवाटारको सरकारी जग्गा अनियमितता प्रकरणमा मुछिए पनि प्रधानमन्त्री ओलीका विश्वासपात्र भएकाले उनले अर्थमन्त्रालय हात पार्न सफल भएका छन् । 

Advertisement

Advertisement