१३ बाणिज्य बैंकको लाभांश घोषणा, दुईवटाले एजिएमबाट पास गरे, कसको कति ?

Advertisement

काठमाडौं । २७ मध्ये १३ वटा बाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । तिमध्ये दुई वटाको भने साधारण सभाले समेत पारित गरेर लगानीकर्ताको खातामा आउने चरणमा पुगिसकेको छ । सबै भन्दा पहिले साधारण सभा गरेर सानिमा बैंकले लाभांश पारित गरेको छ । सानिमाका लगानीकर्ताको खातामा केहि समयभित्रै १३.६० प्रतिशत लाभांश आउँदैछ । त्यसमा १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लाभांश छ । त्यस्तै, बैंक अफ काठमाण्डूले पनि साधारण सभा नै गरेर लाभांश पास गरिसकेको छ । यो बैंकले आफ्ना लगानीकर्ताहरुलाई १३ प्रतिशत लाभांश दिँदैछ । जसमा १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश छ । 

हालसम्म लाभांश घोषणा गर्ने बाणिज्य बैंकहरुमध्ये सबै भन्दा धेरै एनआइसी एसिया बैंक र हिमालयन बैंक रहेका छन् । यी दुबै बैंकहरुले लगानीकर्ताहरुलाई २०।२० प्रतिशत लाभांश घोषणा गरेका छन् । एनआइसी एसियाले १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश(कर प्रयोजन)का लागि दिने भनेको छ । हिमालयन बैंकले भने १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिँदैछ । 

ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमध्ये १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश छ । स्ट्याण्डर्ड चाटर्डले ११.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ७ प्रतिशत बोनस सेयर र ४.८४ प्रतिशत नगद लाभांश छ । माछापुच्छ्रे बैंकले १०.४० प्रतिशत लाभांश दिँदैछ । सोमध्ये ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद छ । 

सनराइज बैंकले ८.२८ प्रतिशत लाभांश दिँदैछ । त्यसमध्ये ५.८० प्रतिशत बोनस सेयर र २.४८ प्रतिशत नगद लाभांश छ । कुमारी बैंकले १४  प्रतिशत लाभांश दिने भनेको छ । त्यसमा १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद छ । नेपाल एसबिआई बैंकले ९.४७ प्रतिशत लाभांश दिने भनेको छ । जसमा ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद छ । 

उता, सिटिजन्स बैंकले ११ प्रतिशत लाभांश दिँदैछ । सोमध्ये ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश छ । एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सोमध्ये ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश छ । नेपाल बंगलादेश बैंकले ८.४२ प्रतिशत लाभांश दिने भनेको छ । त्यसमा ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांश छ । 

नेपालको पुँजी बजारमा सबै भन्दा ठूलो हिस्सा ओगटेका बाणिज्य बैंकहरुको लाभांशले बजार बढाउन भूमिका खेलेको बताउने गरिएको छ । तर कोरोना कहरका कारण अधिकांश बैंकहरुको नाफा उल्लेख्य मात्रामा वृद्धि नभएकाले लाभांशमा भने कमि आएको देखिन्छ । 
 

Advertisement

Advertisement

Advertisement