चन्द्र ढकाललाई ढाका टोपी लगाइदिएर दीपक र दीपाश्रीले व्यापार सुरक्षित गरे

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाललाई बधाई तथा सम्मान गरेर कलाकारद्धय दीपकराज गिरि र दीपाश्री निरौलाले आफ्नो व्यापार सुरक्षित गरेका छन् । 

लामो समयदेखि आईएमईको ब्राण्ड एम्बासडर रही मोटो रकम पारिश्रमिक लिँदै आएका दीपक र दीपाश्रीले मंगलबार ढकाललाई भेटेर ढाकाको खादा र ढाकोको टोपी लगाई बधाई दिएका हुन् । 

Advertisement

दीपक र दीपाश्रीले बनाएका छक्कापन्जालगायका चलचित्रमा पनि राम्रो सहयोग गर्दै आएका ढकाल र दीपक तथा दीपाश्रीबीच राम्रो सम्वन्ध पनि रहेको छ । ढकाललाई बधाई दिन उनीहरुसँगै माग्ने बुढा पनि सँगै गएका थिए । चलचित्र निर्माणमा लागेसँगै दीपक र दीपाश्री कलाकारभन्दा बढि व्यवसायी हुन पुगेका छन् । 

Advertisement

Advertisement