राइड सेयरको बजारमा ‘एटेन्ड’को प्रवेश

Advertisement

काठमाडौं । नेपाली राइड सेयर बजारमा विभिन्न अद्भूत सुविधाका साथ नयाँ छलाङ्ग मार्दै ‘एटेन्ड’ एपले आफ्नो सेवाको सुरुवात गरेको छ। हाल बजारमा उपलब्ध अरु राइड सेयर एपभन्दा धेरै नै उत्साहजनक र आकर्षक सुविधाका साथ आएको यस एपले आफ्नो निजी सवारीसाधन नभएका समस्त यात्रुहरुको समस्याको हल गर्ने विश्वास लिइएको छ।                

साथै कुनै पनि विशेष ठाउँलाई मात्र लक्षित नगरेर नेपालभर जहाँकहिँ जान पनि आफ्नो प्रयोजनमा आउन सक्ने भएकाले यस राइड सेयर एप चाडैं नै यात्रु माझ जान पहिचान हुने आँकलन गरिएको छ।

Advertisement

एप सार्वजनिक गर्दै यसबारे जानकारी दिँदै एटेन्ड प्रा।लि।का निर्देशक भिमकान्त भण्डारीले भने, ‘यो अहिले नेपालमा चलिरहेको सामान्य राइड सेयरभन्दा भिन्न रहेको छ। मोडल त हाम्रो पनि राइड सेयर नै हो तर हाम्रो सेवा र सुविधा अरूभन्दा भिन्न छ। हामीले मोटरसाइकल, एम्बुलेन्स, शव वहान, ट्याक्सी, कार, जिप, मालबहाक ट्रकदेखि हेलिकप्टरसम्मको सेवा दिन्छौं, साथै यसमा हेल्थ सर्भिस अन्तर्गत घरमै औषधि पुर्‍याउने, डक्टर नर्स पठाउने र विभिन्न ल्याव सम्बन्धी सम्पूर्ण कार्यका लागि ल्याव टेक्निसियन घरमै पठाउने काम पनि गर्नेछौ ।’

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement