बुढीगण्डकी पीडितहरु आन्दोलनमा, आयोजना चाँडै सुरु गर्न माग

Advertisement

गोरखा । बूढीगण्डकी जलविद्युत आयोजना डुबान प्रभावितहरु विभिन्न माग राखी आन्दोलनमा उत्रिएका छन् । आयोजनाको निर्माणकार्य अघि बढाउनुपर्ने र मुआब्जा चाँडै गर्नुपर्ने माग राख्दै उनीहरु गोरखाको सिउरेनटारमा धर्नामा बसेका हुन् । 

बुढीगण्डकी पीडितहरुले अन्योलमा पारिएको आयोजनाको मोडालिटी टुङ्ग्याएर निर्माण चरणमा लैजानुपर्ने र घरगोठ र फलफूलको मुआब्जा वितरण तत्काल गर्नुपर्ने माग राखेका छन् । आन्दोलन बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको अगुवाइमा भएको हो । 

Advertisement

प्रभावितहरु सिउरेनटारस्थित आयोजनाको वातावरण, मुआब्जा, पुनर्वास तथा पुनःस्थापना इकाईमा बुधबारदेखि धर्ना बसेका छन् । सरकार आफैले आयोजना बनाउने भन्दै इन्धनमा समेत कर संकलन गर्न थालेपछि चिनियाँ बिबादास्पद कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी)लाई जिम्मा दिइएको थियो । यसरी आयोजना जिम्मा लगाएसँगै यसको भविश्य अन्योलमा परेको छ । 

धर्नामा गोरखा र धादिङका प्रभावित वासिन्दाहरु पालैपालो बस्नेछन् । समितिले स्वास्थ्य सावधानी अपनाएर धर्ना बस्ने व्यवस्था मिलाएको जनाएको छ । एक हजार दुई सय मेगावाटको जलाशययुक्त यो आयोजना बनाउन करिव तीन खर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । 

Advertisement

Advertisement