सिजीका जाडोका सामग्रीहरु बजारमा

Advertisement

काठमाडौं । नेपाली इलेक्ट्रोनिक ब्राण्ड सिजीले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै बिभिन्न किसिमका जाडोका घरायसी सामग्रीहरु बजारमा ल्याएको छ । 

सिजीले आफ्ना उपभोक्ताहरुसँग न्यानो सम्बन्ध राखी जाडोको जीवन सरल र सहज बनाउन यी सामग्रीहरु ल्याएको जनाएको छ । सिजीका घरायसी सामानहरुः पानी तातो बनाउन केटल, तातोपन जोगाइ राख्न थर्मस, भ्याक्युम फ्ल्याक्स र हटपट बजारमा ल्याएको हो । 

Advertisement

यसैगरी, जुनसुकै स्थानमा जतिबेला पनि तातो पानी उपलब्ध गराउन वाटर डिस्पेन्सर ल्याएको छ भने न्यानो बनाई राख्न बिभिन्न किसिमका इलेक्ट्रिक एवं ग्यास हिटरहरु उपलब्ध गराएको छ । यीबाहेक सिजीले चिसो पानीले नुहाउने टेनसनबाट मुक्त हुनका लागि इलेक्ट्रिक र ग्यास गिजर समेत ल्याएको जनाएको छ ।

सिजीले आफूले प्रस्तुत गरेका घरायसी सामग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेको बताएको छ । 

Advertisement

Advertisement