शेयर बजारमा उत्साहः नेप्से ७०.६२ अंकले बढ्यो, ७ अर्ब ४६ करोडको कारोबार

Advertisement

काठमाडौँ । शेयर बजारमा आज पनि उत्साह छाएको छ । आज नेप्से परिसूचक ७०.६२ अंकले बढेको हो । ३.५३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचकले नयाँ उचाई कायम गर्दै २०७१.०२ अंकमा उक्लिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २०१ कम्पनीका १ करोड ५५ लाख ६४ हजार ४ सय २७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ३४ लाख ८२ हजार ९ सय ७२ रुपियाँ बराबरको कारोबार भएको छ । 

Advertisement

आज ट्रेडिङ समूह बाहेक अरु सबैमा हरियाली छायो । बजारमा उत्साह छाएको दिन ट्रेडिङ समूह भने १६.६३ अंकले घटेको छ । आज सबैभन्दा बढी जीवन बीमा समूह ६०८.७३ अंकले बढेको छ । 

आज नेपाल टेलिकमको कारोबार उच्च भएको छ । टेलिकमको ४० करोड ७ लाख ८३ हजार ७ सय ५५ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । नेप्सेका अनुसार आज मिथिला लघुवित्त वित्तीय संस्थासहित ९ वटा कम्पनीका शेयरधनीहरुले १० प्रतिशत नाफा कमाएका छन् भने युनिलिभर नेपाल लिमिटेडका शेयरधनीहरुले सबैभन्दा बढी ५.१९ प्रतिशतले घाटा व्यहोरेका छन् ।  

 
 

Advertisement

Advertisement