चार बर्षमा एनएमबि बैंकलाई तेस्रो पटक ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ अवार्ड

Advertisement

काठमाडौं । एनएमबि बैंकलाई दि फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’बाट सम्मानित गरेको छ । सो सम्मान बैंकले विगत चार वर्षमा तेस्रौं पटक प्राप्त गरेको हो ।

बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामिण भेगहरुमा शाखा सञ्चालन गरि १२ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । यसै क्रममा बैंकले आफ्नो कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरु जस्तै नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य वृद्घि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनी आफूलाई फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएको छ ।
 

Advertisement

Advertisement

Advertisement