रात्रिकालीन व्यवसाय सञ्चालन गर्न रोकपछि ठमेलका व्यवसायी सडकमा

Advertisement

काठमाडौं । कोभिड–१९ का जोखिमका कारण आठ महिनादेखि रात्रिकालीन व्यवसायहरू प्रायः ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायीहरू सडकमा उत्रिएका छन् । बुधबार काठमाडौंको ठमेलस्थित त्रिदेवीमार्गमा ठमेल क्षेत्रका व्यवसायीहरू रात्रिकालीन व्यवसायहरू सुरक्षाको मापदण्ड अपनाई सञ्चालन गर्न दिन माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हुन् ।

पर्यटन विकास परिषद् र ठमेल रात्रिकालीन व्यवसायी उपसमितिले संयुक्त रूपमा शन्तिपूर्ण आन्दोलन गरेका हुन् । कोरोना संक्रमणको जोखिमका कारण सरकारले गत चैत ११ बाट लकडाउन गरेसँगै रात्रिकालीन व्यवसायहरू पूर्ण रूपमा बन्द छ । 

Advertisement

सरकारले विभिन्न किसिमका पर्यटन व्यवसायहरू क्रमिक रूपमा स्वास्थ्य मापदण्ड अपनाई सुचारु गर्न दिए पनि रात्रिकालीन व्यवसायहरू लाउन्ज बार, डिस्को, डान्स बार, दोहोरी, गजल लगायतका व्यवसाय भने अझै खोल्न दिएको छैन् । 

तर, ती क्षेत्रका व्यवसायीहरूले भने आठ महिना यता व्यवसाय पूर्ण रूपमा बन्द हुदाँ घरभाडा, बैंकको व्याज लगायतका तिर्न गाह्रो भएको गुनासो गर्दै तत्काल व्यवसायी सुचारु गर्न दिन सरकारसँग माग गरेका छन् ।

कारोबार दैनिकबाट ।

Advertisement

Advertisement