‘द स्ट्रिङ्स’का विजयी प्रतियोगीहरुको नाम घोषणा

Advertisement

काठमाडौं । डिशहोमले सञ्चालन गरेको रेटो अंग्रेजी साँगीतिक प्रतियोगिता ‘द स्ट्रिङ्स’को अन्त्यसँगै यसका विजयी प्रतियोगीहरुको नाम घोषणा गरिएको छ । कार्यक्रमको ग्रान्ड फिनालेमा प्रतियोगीहरुको प्रदर्शनसहित मनोरन्जनात्मक खुराक प्रस्तुत गरिएको थियो । 

कार्यक्रमको निर्णायक मण्डलमा निर्वाण चौधरी, युलिया कोइराला, पेम्बा लेप्चा र सोंना अमात्य रहेका थिए।  विवेक सिंह ठकुरी कार्यक्रमका एकल होस्ट थिए।  विजेताको छनोटको आधार दर्शकहरुको वोट्स रहेको थियो । दर्शकहरु कसलाई विजयी बनाउने ? भन्नेबारे निस्चयी थिए । 

Advertisement

‘द स्ट्रिङ्स’ विजयीको घोषणा मंगलबार गरिएको हो । युसको पहिलो सिजनको विजयी शिवना श्रेष्ठले ट्रफी र नाम दुबै हासिल गरिन्। त्यसमा तुशिता मास्के दोस्रो र स्वोर्निम श्रेष्ठ तेस्रो स्थान हासिल गर्न सफल भए। 

पहिलो विजेतालाई नगद एक लाख, दुई रात र ३ दिनको होटेल रेनफोरेस्ट, सौराहा, चितवनमा स्टे, दोस्रो विजेतालाई नगद ५० हजार र २ रात र ३ दिनको होटेल पार्कल्याण्ड, सौराहा, चितवनमा स्टे र तेस्रो विजेतालाई नगद २५ हजार र चन्द्रागिरी हिल्स रिसोर्ट, चन्द्रागिरीमा २ रात र ३ दिनको स्टे प्रदान गरिएको छ । यसबाहेक डिशहोमको वार्षिक जडान र अन्य आकर्षक उपहारहरु समेत प्रदान गरिएको जनाइएको छ । 

ग्रान्ड फिनालेको प्रशारण बुधबार साँझ ८.३० मा डीसहोमको रियालिटीमा गरिनेछ। पेम्बा लेप्चा र भुषण श्रेष्ठको विशेष प्रश्तुतिले दर्शकहरुलाई पुराना यादहरुसंग जोडेको कार्यक्रममा पूराना रेट्रो गीतहरुको प्रस्तुति वास्तवमै जादुमय रहेको थियो । 

Advertisement

Advertisement