कोरोनालाई देखाउँदै फागुनमा गर्ने भनिएको नवौं राष्ट्रिय खेलकुद स्थगित

Advertisement

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदले कोरोना भाइरस (कोभिड १९)लाई देखाउँदै फागुनमा गर्ने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरेको छ । प्रतियोगिता आउँदो फागुन २० बाट पोखरामा गर्ने तयारीका साथ भौतिक पूर्वाधारका काम अघि बढिरहेको बेला राखेपले यस्तो निर्णय गरेको हो । 

उद्योग बाणिज्य महासंघको निर्वाचन जस्ता महत्वपूर्ण कार्यक्रमहरु कोरोनाको जोखिमकै बीच सम्पन्न भएको र कोरोनाको भ्याक्सिनसमेत बनेर आपूर्तिका लागि पहल अघि बढेका समाचार आइरहेको बेला राखेपले कोरोनाको जोखिम कायम रहने भन्दै प्रतियोगिता फागुनमा गर्न नसकिने तर्क अघि सारेको छ ।  

Advertisement

राष्ट्रिय खेलकुदका लागि स्विमिङ, सुटिङ र हकिबाहेक बाँकी सबै खेलका पूर्वाधार तयार भइसकेका थिए । बाँकी रहेका पनि सम्पन्न गर्न प्रक्रिया अघि बढेको बेला राखेपले कोरोनालाई देखाउँदै प्रतियोगिता पछि धकेल्ने काम गरेको छ । कोरोनाका कारण सिथिल भएको खेलकुद र अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्रिय खेलकुदले सहयोग गर्ने अपेक्षा गरिएको थियो । 

Advertisement

Advertisement