जडिबुटीबाटै कोरोना निको हुन्छ, खोपमा अर्बौं खर्च नगरौंः रोकाया

Advertisement

काठमाडौं । जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अर्बौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नुपर्ने बताएका छन् । 

बिहीबार रिपोर्टर्स क्लबमा उनले आयुर्वेद औषधिमा विशेष ध्यान दिन सके कोरोना भाइरसको महामारीविरुद्ध जीत हासिल गर्न सकिने जिकिर गरे । आयुर्वेदिक औषधिले कोरोना भाइरसलाई ठिक गर्ने उनको दाबी थियो ।

Advertisement

रोकायाले भने, ‘सरकारले कोरोनाविरुद्धको खोपमा अर्बौं रकम खर्च गर्दैछ, जटिबुटीमा अनुसन्धान गरी औषधि विकास गरेर कोरानाविरुद्ध जीत हासिल गर्न सकिन्छ ।’ उनले जटिबुटीबाट धेरै रोग ठिक हुने भन्दै देशको ढुकुटीबाट अर्बौं विदेशिनबाट जोगिने बताए । रोकायाले कोरोनाबाट संक्रमितलाई तीन दिनभित्रै खतरामुक्त राख्ने र ढिलोमा ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्न सकिने दाबी गर्दै सरकारले आफ्नो औषधिमाथि अनुसन्धान गर्नुपर्ने बताए ।

अहिले विश्व कोभिड–१९ बाट आक्रान्त बनेको र यसबाट नेपाल पनि अछुतो नरहेको उल्लेख गर्दै रोकायाले भने, ‘हामीले तयार पारेको कोरोना नाशक चुर्ण’ आयुर्वेदिक औषधिले कोरोना संक्रमितहरुलाई निको पारेको छ । अहिलेसम्म सैयौको संख्यामा यो औषधिले कोरोना संक्रमितलाई राम्रो गरेको छ । संक्रमितले यो औषधि सेवन गरेपछि उनीहरुको रिपोर्ट ८ दिनमा नेगेटिभ आएको हामीसँग प्रमाण छ ।’

उनकाअनुसार कोरोना नाशक चुर्ण औषधिमा ‘चिराईतो, बोझो, लत्ताकस्तुरी, वनजौ, वन तोरीलगायतको समिश्रण छ । ‘यो औषधि धेरै गुणकारी छ, यसको सेवन गर्दा सबैलाई राम्रो हुन्छ’–उनले भने– ‘रोग जस्तोसुकै होस, उपचार सम्भव छ ।’

Advertisement

Advertisement