श्री इन्भेष्टमेन्टले घोषणा गर्यो १०.५३ प्रतिशत लाभांश

Advertisement

काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

हिजो बसेको सञ्चालक समितिको बैठकले आव २०७६÷७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७.३७ प्रतिशत बोनस शेयर र ३.१६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी ८२ करोड ९० लाख ३५ हजार रुपियाँ रहेको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने प्रमुख कार्यकारी अधिकृत लिलामणी न्यौपानेले जनाएका छन् । 
 

Advertisement

Advertisement