काठमाडौँ । चार दिनदेखि सुनको मूल्य लगातार उकालो लागिरहेको छ । मंगलबार र बुधबार प्रतितोला ५–५ सय रुपियाँ र हिजो बिहीबार एकैदिन प्रतितोला १ हजार ६ सय रुपियाँ बढेको सुनको मूल्य आज पनि प्रतितोला ३ सय रुपियाँ बृद्धि भएको छ । त्यसैगरी मंगलबारप्रतितोला ३५ रुपियाँ बढेको चाँदीको मूल्य बुधबार प्रतितोला ३० रुपियाँ, हिजो विहीबार प्रतितोला २० रुपियाँ बढेको थियो भने आज पनि प्रतितोला ५ रुपियाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय ५० रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १० रुपियाँ निर्धारण गरिएको छ ।
हिजो भने छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९२ हजार १ सय ५० रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय ५ रुपियाँमा कारोबार भएको थियो । केही दिनदेखि अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य ओरालो लागे पनि तीन दिनदेखि उकालो लागेकाले त्यसैको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ ।