काठमाडौं । वैदेशिक रोजगारमा जाने व्यक्तिहरूले वैदेशिक रोजगार कल्याणकारी कोषमा भुक्तानी गर्ने रकम अब ‘खल्ती डिजिटल वालेट’बाटै अनलाइन तिर्न सक्छन् । यो सुविधा व्यक्तिगत तथा म्यानपावरमार्फत जानेहरू सबैले प्रयोग गर्नसक्छन् ।
भुक्तानी गर्न चाहनुहुनेले खल्ती डिजिटल वालेट एप डाउनलोड गरी वा खल्तीडटकमको वेव पेजको होम स्क्रीनमा गइ सरकारी सेवा मेनुबाट वैदेशिक रोजगार कल्याणकारी कोष ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्छन् । वैदेशिक रोजगारीमा ३ वर्षभन्दा थोरै समयका लागि जाने व्यक्तिले १५०० र ३ वर्षदेखि १० वर्षसम्मका लागि व्यक्तिले २५०० रूपैयाँ कल्याणकारी कोषमा बुझाउनुपर्छ ।
वैदेशिक रोजगारीमा व्यक्तिगत रूपमा जानेहरूले आफैं र म्यानपावरमार्फत जानेहरूले कम्पनीबाट एकमुष्ट रूपममा खल्ती एपमार्फत उक्त शुल्क भुक्तानी गर्न सक्छन् । कल्याणकारी कोषमा यसरी जम्मा भएको रकम वैदेशिक रोजगारमा गएर अलपत्र परेका, पीडित, आर्थिक अवस्था नाजुक भएका नेपालीहरुको उद्दार गर्न तथा उनीहरूको हितमा प्रयोग गरिन्छ ।