नबिल बैंकले बिना धितो ऋण दिने, ब्याज पनि ‘एमएसएमई कोष’ले तिरिदिने

Advertisement

काठमाडौं । नबिल बैंक र लगानी प्रबर्धन कम्पनी वान टु वाचले संयुक्त रूपमा ‘कोभिड १९ एमएसएमई कोष नेपाल’ अन्तर्गत लघु, साना तथा मझौला उद्यम (एमएसएमई) हरुलाई ब्याज मुक्त र धितोरहित कर्जा प्रदान गर्ने भएका छन् ।

बैंकका डेपुटी सीईओ सुजितकुमार शाक्य र वान टु वाचका प्रबन्ध निर्देशक,सुमन जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो कार्यक्रममा नबिल बैंकका तर्फबाट प्रमुख (एसएमई र लघुवित्त) निरज बस्नेत डनिल र वान टु वाचका तर्फबाट कार्यक्रम प्रबन्धक सुब्रिना श्रेष्ठको उपस्थिति थियो ।

Advertisement

साझेदारीको बारेमा बोल्दै बैंकका सीईओ अनिल केशरी शाहले नबिल बैंक नेपालको एमएसएमई क्षेत्रलाई सहयोग गर्न, उनीहरूको व्यवसायलाई बढाउन र दीर्घकालीन स्थायित्व र समग्र आर्थिक बृद्धिका लागि मद्दत गर्न सदैब तयार रहेको बताए । उनले भने–‘कोविड १९ प्रभावित व्यवसायलाई यस कठिन समयमा बा“च्नको लागि सहयोग पुर्याउन र निरन्तरता दिइ सक्षम हुन धितो रहित र ब्याजमुक्त कर्जा प्रदान गर्न यस प्रयासमा वन टु वाचको साथ सहकार्य गर्न धेरै उत्साहित छौं ।’

साथै, वान टु वाचका प्रबन्ध निर्देशक जोशीले नबिल बैंकलाई पार्टनर बैंकहरूको सुचीमा राख्न पाउ“दा अत्यन्त खुशी लागेको बताए । ‘केही हप्ता अघि यो कोषको थालनी भएदेखि हामीले नेपालका विविध क्षेत्र तथा विभिन्न भुगोलका एमएसएमईबाट धेरै उत्साहजनक प्रतिक्रिया प्राप्त गरेका छौं’–उनले भने ।  । नबिल बैंकको सहभागितामा एसएमईलाई यस कठिन समयमा अघि बढ्न र रोजगारी जोगाउन तथा सिर्जना गर्न अझ मद्दत गर्ने उनले बताए । 

यस रणनीतिक साझेदारीमा लघु, साना तथा मझौला उद्यमहरूलाई कोविड १९ बाट प्रभावित तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएका व्यवसायलाई धितो रहित र ब्याजमुक्त छोटो अवधिको कर्जाले लाभान्वित भई कोविड १९को प्रभावबिरूद्ध लड्न तथा व्यवसायलाई निरन्तरता दिन मद्दत हुनेछ  । त्यसैगरी यी व्यवसायहरु मध्येका छनोटमा परेका व्यवसायीहरुले आनो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन् । 

पूर्व निर्धारित मापदण्डको आधारमा व्यवसाय सुचारु गर्ने सम्भाव्यताको मूल्यांकन गरिएको एमएसएमईहरूले नबिल बैंकबाट धितो रहित कर्जा प्राप्त गर्नेछन् र ब्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तान गर्नेछ । लघु, साना तथा मझौला उद्यमहरूले कोषको लागि https://rb.gy/8jqzxg  मा रहेको आवेदन फारम भरी कर्जा आवेदन गर्न सक्छन् ।
 

Advertisement

Advertisement