लिम्पियाधुरासहितको भारत अतिक्रमित भूमिमा नेपालको हकभोग कायम गर्न सरकारलाई निर्देशन

Advertisement

काठमाडौं । संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्वन्ध समितिले भारत अतिक्रमित नेपााली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकमा नेपालको हकभोग कायम गर्न सरकारलाई निर्देशन दिएको छ । 

समितिले शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल गरेपछि यस्तो निर्णय गरेको हो । समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका नेपाली भूमिमा भइरहेको अतिक्रमण रोकी ती क्षेत्रमा नेपालको हकभोग कायम गर्न समितिले सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । 

Advertisement

त्यस्तै, समितिले नेपाल र भारतबीच गठित प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन नेपालले ग्रहण गरिसकेको र भारतले ग्रहण गर्ने बाताबरण मिलाउन यथासिघ्र पहल गर्न दिनुका साथै दुई देशका सीमा क्षेत्रमा भारतद्धारा निर्मित बाँधलगायतका भौतिक संरचनाले नेपालमा गर्ने डुबान र कटान अन्त्य गर्न यसअघि समितिले दिएको निर्देशन कार्यान्वयनको लागि निर्देशन पनि दिएको छ । 

परराष्ट्र मन्त्रालयले आयोजना गर्ने द्धिपक्षीय र बहुपक्षीय उच्चस्तरीय भ्रमण र सम्बिन्धित विविध कार्यक्रमहरुमा आफ्नो समितिको तर्फबाट प्रतिनिधित्व गराउन पनि समितिले निर्देशन दिएको छ । समितिमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयललाई प्रधानमन्त्रीले मध्यरातमा भेटेको विषयमा साँसदहरुले परराष्ट्रमन्त्रीलाई प्रश्न सोधेका थिए । 

Advertisement

Advertisement