सुनको भाउमा आज उच्च गिरावट

Advertisement

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको भाउ उच्च दरले घटेको छ । बुधबारको तुलनामा आज सुन प्रतितोला ९ सय रुपियाँले घटेर ९२ हजार पाँच सय रुपियाँ कायम भएको छ । 


बुधबार सुन प्रतितोला ९३ हजार ४ सय रुपियाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटका कारण नेपालमा पनि उच्च दरले घटेको जनाएको छ ।  

Advertisement

आज तेजाबी सुन प्रतितोला ९२ हजार ५० रुपियाँमा कारोबार भइरहेको छ । बुधबार यो  तेजाबी सुन ९२ हजार ९५० रुपियाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १५ रुपियाँले घटेर एक हजार दुई सय कायम भएको थियो । बुधबार चाँदी प्रतितोला एक हजार २१५ रुपियाँमा कारोबार भएको थियो । गएको साउनमा सुनको भाउ तोलाको एक लाख रुपियाँ नाघेको थियो । 
 

Advertisement

Advertisement