फिफा बरियतामा नेपालको स्थिति जहाँको त्यहीं

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को बरियतामा नेपालको स्थिति जहाँको त्यहीं रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७१ स्थानमा नै रहेको छ । फिफा विश्व फुटबलको सर्वोच्च निकाय हो । 

दक्षिण एसियामा बंगलादेशको बरियता दुई स्थापना तल खस्किएको छ । केही दिनअघि विश्वकप छनोट खेलमा कतारसँग पराजित भएकाले बंगलादेशको बरियता १८४ बाट १८६ मा झरेको हो । अरु मुलुकको बरियता भने यथावत रहेको छ । 

Advertisement

दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा रहेको छ । माल्दिभ्स र भारत नेपालभन्दा माथि छन् भने अरु तल छन् । विश्व वरियता बेल्जियम पहिलो नम्बरमा नै छन् । यस्तै फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, बेलायत चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौं, उरुग्वे आठौं, मेक्सिको नवौं र ईटाली दशौं स्थानमा छन्।

Advertisement

Advertisement