टाटा मोटर्सले ‘डिसेम्बर ब्लेजिङ एक्सचेन्ज कार्यक्रम’ आयोजना गर्ने

Advertisement

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले डिसेम्बर ब्लेजिङ एक्सचेन्ज कार्यक्रमकोे आयोजना गर्न लागेको छ । यही मंसिर २६ देखि २७ गतेसम्म थापाथलीस्थित टाटा मोटर्सको सोरुममा कार्यक्रम आयोजना गरिने कम्पनीले जानकारी दिएको छ । 

ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने सिप्रदीको भनाई छ । 

Advertisement

साथै, कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, ५० हजार सम्मको एक्सचेन्ज बोनस, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु रहेका छन । 

Advertisement

Advertisement