'दराज १२.१२' मा सिम टिभी र डिशहोमको सहकार्य

Advertisement

काठमाडौं । नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोम तथा सिमटिभीबीच सहकार्य सुरु भएको छ । दराजले आफ्नो बर्षको अन्तिम सेल अभियान ‘दराज १२.१२’ सफल बनाउन डिशहोमसँग सहकार्य  गरेको हो । सिम टिभी डिशहोमको डिजिटल टेलिभिजन सेवा हो । 

यो अभियान मंसिर २७ बाट सुरु भएर पुस ३ सम्म सञ्चालन हुनेछ । ११.११ अभियानको सफलतापछि दराजले १२.१२ अभियान बनाउन डिशहोम र सिम टिभीसँग सहकार्य गरेको हो । यस अभियानमा सहभागी भई आलाइनमार्फत डिशहोम र सिम टिभी खरिद गर्ने उपभोक्ताले  १२ प्रतिशतसम्म छुट पाउने छन् । 

Advertisement

१२.१२ मा दराज उपभोक्ताले विशेष छुटका साथ भाउचर र बैंक कार्डमार्फत छुटको लाभ उठाउन सक्नेछन् । यस अभियानको लागि सानिमा बैंक, माछापुछ्रे बैंक र सिटिजन्स बैंकका क्रेडिट र डेबिट कार्ड भएकाहरुले कार्डमार्फत भुक्तानी गर्दा १२ प्रतिशतसम्म छुट पाउने छन् । 

यसबाहेक उपभोक्ताले ‘मेगा गिभअवे’को रुपमा ६९ हजार ९९९ को सामसुङ ग्यालेक्सी एस२० एफई जित्ने अवसर प्राप्त गर्नेछन् । साथै, उपभोक्ताले ‘वान रुपी गेममा पनि भाग  लिन सक्नेछन्, जहाँ उनीहरुले नयाँ मोटोरोला इ–प्लसलगायत अन्य उत्पादनहरु मत्रै एक रुपियाँमा जित्न सक्नेछन् । 

Advertisement

Advertisement