घर र गाडी किन्ने ऋणीलाई बम्पर उपहारः १० प्रतिशत ब्याज बुझाएर भाका सार्न पाउने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर तथा गाडी खरिद गरेका ऋणीहरुलाई बम्पर उपहार दिएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षापछि सर्कुलर जारी गर्दै राष्ट्र बैंकले घर तथा गाडी खरिद गरेका ऋणीहरुलाई बम्पर उपहार दिएको हो । 

व्यक्तिगत आवासिय घर कर्जा, सवारी साधन कर्जा लगायतका व्यक्तिगत कर्जा लिने ग्राहकहरुको कर्जा भुक्तानीको श्रोत अति तथा मध्यम प्रभावित क्षेत्रका ब्यवसायहरु रहेको भएमा त्यस्ता ऋणीहरुले लिएको कर्जाको हकमा १० प्रतिशत ब्याज तिरेर ऋणको पुनसंरचना तथा पुनतालिकीकरण गर्न सक्नेछन् । 

Advertisement

अर्थात घर तथा गाडी किनेका ऋणीहरुले ऋण चुक्ता गर्ने आयश्रोतका रुपमा अघि सारेको पेशा तथा व्यवसायहरु कोरोनाको अति तथा मध्यम प्रभावित क्षेत्रमा परेका छन् भने त्यस्ता ऋणीहरुले ऋणको १० प्रतिशत ब्याज तिरेर पुनसंरचना तथा पुनतालिकीकरण गर्न पाउनेछन् । 

यो व्यवस्थाले घर तथा गाडी खरिद गरेका हजारौं ऋणीहरुलाई लाभ पुग्नेछ । यस्तो पुनसंरचना भने पुस मसान्तभित्र गरिसक्नुपर्नेछ । यसरी पुनसंरचना तथा पुनतालिकीकरण गर्दा २०७६ पुस मसान्तसम्म सक्रिय कर्जाहरुका हकमा ५ प्रतिशत नोक्सानी व्यवस्था गरि असल कर्जामा गणना गर्न सकिनेछ । 
 

Advertisement

Advertisement