हलिउड चलचित्र ‘अनहिन्ज्ड’ डिशहोम सिनेमा घर इन्टरनेशनलमा

Advertisement

काठमाडौं । नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघर ईन्रनेशनलमा हलिवुड चलचित्र ‘अनहिन्ज्ड’ रिलिज हुने कम्पनीले जानकारी दिएको छ । 

दर्शकहरुले यो चलचित्र पुस ६ गतेदेखि दैनिक ६ शो, विहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे  बेलुकी ७ बजे र १० बजे  हेर्न सक्ने डिशहोमले जानकारी दिएको छ । सिनेमाघर ईन्टरनेशनल च्यानल नंं ९९९ ले भाषा छनौट गरेर हेर्ने सुविधा पनि थप गरिएको छ । हलिवुड चलचित्र ‘अनहिन्ज्ड’ हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने हो ? छानेर हेर्न सकिने छ । 

Advertisement

सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा हलिवुड चलचित्र ‘अनहिन्ज्ड’ हेर्न, आईभीआर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी९९९ आफ्नो क्यास आईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एसएमएस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने जनाइएको छ । 

Advertisement

Advertisement