नौ अर्ब रुपियाँको कृषि परियोजना कार्यान्वयन गर्न विश्व बैंकसँग सम्झौता

Advertisement

काठमाडौंं । ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्दै कोभिड महामारी पश्चातको आर्थिक पुनरूत्थानलाई अभिवृद्धि गर्ने आयोजना कार्यान्वयनका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको छ । 

कुल नौ अर्ब रुपियाँ (आठ करोड अमेरिकी डलर) बराबरको यस आयोजना कार्यान्वयनका लागि सोमबार सम्झौता भएको हो । सम्झौतापत्रमा अर्थसचिव शिशिर ढुँगाना र नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे ।

Advertisement

आयोजनाको नाम ‘ग्रामीण उद्यम र आर्थिक विकास’ दिइएको छ । आयोजनाले ग्रामिण उद्यम र साना उत्पादक समूहलाई बजार र संस्थागत खरिदकर्तासम्म जोड्ने विश्वास लिइएको छ । 

विश्व बैंकका अनुसार आयोजनाले ग्रामिण उत्पादक समूह र निजी क्षेत्रका क्रेताहरूबीच उत्पादनशील साझेदारीको सहजीकरण गर्दै मूल्य अभिवृद्धि तथा रोजगारीको सिर्जना गन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

Advertisement

Advertisement