संसारकै ठूलो रेलवे नेटवर्क बन्यो चीन, एक घण्टामै ६०० किलोमिटर गुड्ने रेल पनि

Advertisement

काठमाडौं । ‘धन्यवाद, तिब्रगतिमा रेलवे नेटवर्क विस्तारका लागि । चीनको कुल रेलवे नेटवर्कको लम्बाई सन २०२० को अन्त्यसम्ममा एक लाख ४६ हजार किलोमिटर पुग्नेछ, त्यसमा ३८ हजार किलोमिटर लम्बाईको हुनेछ ।’ नेशनल रेलवे प्रशासनका प्रमुख इञ्जिनियर यान हेक्सियाङले मंगलबार भनेका छन् । 

चीनले यातायात विकास सम्बन्धी श्वेतपत्र जारी गरेको छ जसलाई ‘चीनको दिगो यातायात विकास’ नाम दिईएको छ । यो  श्वेतपत्रमा चीनले पछिल्लो दशकमा प्राप्त गरेका सफलता र भावी रणनीति समेटिएको छ । चीनको पूर्वाधार विकासलाई द्रुतत्तर मानिन्छ, सन २०१९ सम्ममा उच्च गतिका रेलवे नेटवर्क ३५ हजार किलोमिटर लामो थियो । त्यस्तै, एक लाख ५० हजार किलोमिटर लामो एक्सप्रेस वे थियो । त्यसैले चीन विश्वकै यातायात पूर्वाधारमा पहिलो नम्बरमा आउने दावी श्वेतपत्रमा गरिएको छ । 

चीनले स्वदेशी  प्रविधिमै उच्च गतिको रेलवे विकास तथा निर्माण गरेको छ । फुक्सिङ सिरिजका चिनियाँ रेलवेहरु प्रति घण्टा ३५० किलोमिटर दौडन्छन् । चीनले नै विश्वमै पहिलो पटक चालक रहित प्रति घण्टा ३५० किलोमिटर दौडने रेलवेको विकास गर्यो । चीनसँगै उच्च हिमाली क्षेत्रको न्युन वायुचापमा चल्ने रेलदेखि उच्च गतिका रेलमा पनि आफुलाई एक नम्बर सावित गरिसकेको छ । चीनले आफ्नो रेलवे प्रविधिलाई अन्तराष्ट्रियकरण पनि गरिरहेको छ । अहिले संसारका एक सय भन्दा बढी देशमा चिनियाँ प्रविधिका रेल सञ्चालनमा छन् । 

गत महिना मात्रै पनि चीन–युरोप एक्सप्रेस रेलवे ३२ हजार पुगेको छ । श्वेतपत्रका अनुसार चीनले सन २०३५ भित्र बजबुत पूर्वाधार भएको देश बन्ने लक्ष्य तय गरेको छ । 
चीनले २०३५ सम्ममा महानगर भित्रको यात्रा अवधी आधा घण्टामा झार्ने र अन्तर शहर यात्रा अवधीलाई दुई घण्टामा छोट्याउने लक्ष्य राखेको छ । मुख्य शहरहरुको लामो यात्रालाई पनि तीन घण्टामा सिमित गर्ने योजना बनाएको छ ।

चीनको रेलवे अनुसन्धानले प्रति घण्टा ४०० किलोमिटर दौडने बुलेट ट्रेन, प्रति घण्टा ६०० किलोमिटर दौडने अल्ट्रा फास्ट मग्लेभ प्रणाली विकासमा ध्यान केन्द्रित गरेको छ । ग्लोबल टाइम्सबाट 

Advertisement

Advertisement

Advertisement