एशियन लाइफको सीईओमा दिनेशलाल श्रेष्ठ नियुक्त, माघ १ देखि कार्यभार सम्हाल्ने

Advertisement

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दिनेशलाल श्रेष्ठ नियुक्त भएका छन् । 

बुधबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा माघ १ गतेदेखि लागु हुने गरी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव मुरारीराज हुमागार्इँले जनाएका छन् । 

Advertisement

गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडका सीईओ रहेका उनले पदबाट राजीनामा दिएका हुन् । माघ १ गतेदेखि लागु हुने गरी उनको राजीनामा स्वीकृत भए पछि उनलाई एशियन लाइफले सीईओमा नियुक्त गरेको हो । 

एशियन लाइफका सीईओ राजेशकुमार श्रेष्ठको पदावधि सकिएपछि एशियनमा सीईओ पद खाली थियो । उता गुहेश्वरीको सीईओमा माघ १ गतेदेखि लागु हुने गरी उनै राजेशकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय सोमबार मात्र भएको थियो । 
 

Advertisement

Advertisement