राष्ट्रिय बीमा कम्पनीले १२० प्रतिशत लाभांश दिन पाउँदैन: समिति, यसैपाली बाढ्ने प्रयास गर्छाैः कम्पनी

Advertisement

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले राष्ट्रिय बीमा कम्पनीलाई १२० प्रतिशत लाभांश बाढ्न नदिने बताएका छन् । अन्तिम आर्थिक वर्षको वित्तिय विवरण पास नगरेसम्म कम्पनीलाई कुनै प्रकारको लाभांश वितरण गर्न नदिने अध्यक्ष चापागाईंले बताए । कम्पनीले आर्थिक वर्ष २०६८।६९ अघिको तीन आर्थिक  वर्षको वित्तिय विवरण अनुसार सो १२०  प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । 

तर बीमा समितिले अन्तिम आर्थिक वर्षको वित्तिय विवरण पास नभएसम्म लाभांश वितरण गर्न नदिने भन्दै रोक लगाइदिएको हो । कम्पनीले आर्थिक वर्ष २०७२।७३ सम्मको वित्तिय विवरण तयार  पारेर पास गरिसकेको छ । त्यसपछिका सबै आािर्थक वर्षहरुको वित्तिय विवरण तयार भैरहेकोे कम्पनीका सिइओ डिल्लीराज अर्यालले कर्पाेरेट नेपाललाई जानकारी दिए ।

Advertisement

उनले चालु आर्थिक वर्षभित्रै सबै वित्तिय विवरणहरु पास गरेर लाभांश वितरण गर्ने प्रयास गरिरहेको पनि जानकारी दिए । ‘पुराना वित्तिय विवरणहरुको व्यवस्थापन र बाँकी विवरण तयार पारेर यसैपाली लेखा परिक्षण सक्ने र क्षमता अनुसारको लाभांश दिने प्रयास भैरहेको छ’, सिइओ अर्यालले कर्पाेरेट नेपालसँग भने । 

उता, बीमा समितिका अध्यक्ष चापागाईंले भने राष्ट्रिय बीमा कम्पनीमाथि कारवाही गर्ने तयारी भैरहेको बताए । उनले एक हप्ताभित्र वित्तिय विवरण सम्बन्धी नयाँ विववरण बुझाउने प्रतिवद्धता गरेको कम्पनीले १५ दिनसम्म वास्ता नगरेको आरोप लगाए । ‘हामीसँग यति दिन भित्र यति काम गर्छु भनेर जाने तर केहि नगर्ने ? त्यस्तो गर्न पाइन्छ ? मैले २० वटा त चिठ्ठि नै पठाईसकेको छु, अब कारवाहीको विकल्प देखेको छैन्’, समितिका अध्यक्ष चापागाईंले भने । 

कम्पनीमा नेपाल सरकारको ४१.०३ प्रतिशत, कर्मचारी सञ्चयकोषको १९.३७ प्रतिशत, नेपाल बैङ्क ९.६० प्रतिशत  र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

Advertisement

Advertisement