पैसा कमाउने र जोगाउने तरिकाः अनि कसरी टार्ने वित्तीय संकट ?

Advertisement

काठमाडौं । अमण्डा क्लेमैन न्युयोर्कमा थिइन र उनको क्रेडिट कार्ड ऋणमा डुबिसकेको थियो । तर, उनलाई के गर्ने पत्तो थिएन् । अमेरिकामा फाइनान्सियल थेरापिष्ट अमण्डाले बीबीसीसँग भनिन–‘त्यतिबेला मलाई लाज लाग्यो र आफ्ना व्यक्तिगत सबै उपलब्धि झुठो हुन भन्ने भान भयो ।’ एक दिन अमण्डाले आफ्नी आमासँग कपाल काट्ने कुरा गरिन् । आमाले अमण्डाको अहिलेको कपाल ठिक नभएको बताइन् र आफ्नो हेयर ड्रेसर कहाँ जान सुझाइन् । तर अमाण्डाले हेयर ड्रेसर कहाँ नजाने बताइन किन की त्यहाँ उनले बाउन्स चेक दिएकी थिइन् । तब अमण्डाले आफ्नी आमालाई सम्पूर्ण सच्चाई बताइन, त्यतिबेला उनीमाथि १९ हजार डलर ऋण थियो । 

वित्तिय योजना 
अमण्डालाई त्यत्रो ठूलो ऋणबाट माथि उठ्न सकिन्छ भन्नेमै शंका  थियो । जबकी उनले आफ्नी आमासँग पैसा लिएर ऋण चुकाइन् । त्यसपछि उनले मासिक वित्तिय योजना बनाइन् । ‘म जहिल्यै खर्चको योजना बनाउने कामबाट बच्ने प्रयास गर्थे, त्यसले मेरो स्वतन्त्रता छिन्ने डर लाग्थ्यो ।’, अमण्डाले भनिन् ।

Advertisement

तर बजेट बनाएपछि उनलाई थाहा भयो की स्वतन्त्रता झन बढ्ने रहेछ । विस्तारै खर्च कम भयो र बचत सुरु भयो । त्यहि बचतबाट उनले आफ्नो ऋण तिरिन् । अमण्डाका अनुसार हेयरकटलाई दिएको बाउन्स चेक र त्यसको उदारोको कारण उनको जीवनले बाटो समात्यो । उनी पैसालाई लिएर बढी समझदार शक्ति भइन र उनले आफ्नो गन्तव्य फेला पारिन् । कैयौं वर्षको समाजिक काम गरेपछि अमाण्ड क्लेमैन एक फाइनान्सियल थेरापिष्ट बन्न सफल भइन् । 

वित्तिय संकटको चिन्ता 
यतिबेला क्लेमैन यस्ता व्यक्तिहरुलाई मद्दत गरिरहेकी छिन, जो वित्तिय तनावबाट गुज्रिरहेका छन् । अमण्डा बिभिन्न कम्पनीहरुसँग जोडिएकी छिन र वित्तिय तनाब न्युनीकरणको कोष बनाउने र पढाउने काम गर्छिन् ।  अमण्डाका अनुसार मानिसलाई त्यतिबेला तनाब हुन्छ जतिबेला हाम्रो शरिर र मष्तिस्कले संकेत दिन्छ की केहि ठिक भैरहेको छैन्, त्यसमा ध्यान दिनुस् । 

यो मानिसका लागि खतराको संकेत हो र त्यस खतरासँग जुध्ने समय आईसकेको छ । तर जब जब खतरा आउँछ तब मानिस हडबडाउँछ र समस्या प्रति ध्यान दिनै पाउँदैनन् । 
उनका अनुसार वित्तिय चिन्ताबाट बच्ने पाँच तरिका छन् । 

१) उत्सुकता बढाई राख्नुस
सबै भन्दा पहिले आफुसँग भएको पैसा प्रति उत्सुकता कायम राख्नुस् । वित्तिय जीवन कस्तो हुनेछ भन्नु भन्दा बरु अहिले कायम रहेको ऋण कसरी चुक्ता गर्ने भन्नेबारे सोच्नुस् । त्यसका लागि सबै भन्दा सरल उपाय आफैंलाई सोध्नुस की आफ्नो पैसाले आफ्ना बारेमा के जानकारी दिन्छ ? र हामी समयलाई कसरी उपयोग गर्छाै भन्ने पनि स्पष्ट  पार्छ । 

२) आफ्नो पैसामा निरन्तर ध्यान दिनुस
महिनामा कम्तिमा एक पटक यी तीन काम गर्नुस् ।
–तपाईको बैंक खातामा कति पैसा आउँछ र कति पैसा बचत हुन्छ ?
– निकट भविष्यमा कस्तो वित्तिय अवस्था आउनेछ भन्ने बारे पनि सोच्नुस्
–एउटा योजना बनाउनुस्
उदाहरणका लागि तपाईको घर भाडा बढिरहेको छ भने आफ्नो बजेटमा केहि परिवर्तन गर्नुस् ताकि भाडा तिर्ने समय आउनु अघि नै तपाई केहि व्यवस्था गर्न सफल हुनुस् । यी समय समय आउनु अघि नै तयारी गर्नु पर्छ न की समय आईसकेपछि । 

३) जे प्राप्त गर्नु भएको छ, त्यसमा आफ्नो क्षमता पहिचान गर्नुस्
तपाईले आफ्नो लक्ष्य प्राप्तिमा कति प्रगति गर्नु भयो भन्ने एकिन गर्नुस् । तर लक्ष्यमा किन पुगिएन भनेर चिन्ता नगर्नुस् । भलै तपाई स-साना पाइला चालिरहनु भएको छ तर पनि त्यसले तपाईमा क्षमता रहेको प्रमाण पेश गरिरहेको हुन्छ । वित्तिय चिन्तालाई समाप्त गर्ने काम एउटा त्यस्तो प्रक्रिया हो जो रातारात पुरा गर्न असम्भव हुन्छ । 

४) प्रयोग गर्ने अवसर 
हामी मुलतः सबैथोकको प्रयोग सहि तरिकाले गर्न चाहान्छौं किन की केहि फरक ढंगले गर्दा असफल भइने डर लाग्छ । तर कैयौं पटक काम गर्ने एकै तरिका नहुन सक्छन् । हामीले अलिकति मात्रै सोच्ने हो भने काम गर्ने अनेकौं नयाँ तरिका जन्मिन्छन् । हामीले आफैलाई नयाँ तरिकाले थप रचनात्मक हुने अवसर दिनुपर्छ । 

५) पैसा नहुनु राम्रो खबर हो 
भलै यो सुन्नु अचम्म लाग्छ की पैसा नहुनु राम्रो खबर हो । तर यो परिस्थितिको सामना गर्ने सोँचको विकास गर्ने अवसर हो । हामी आर्थिक संकटसँग जुध्न सक्दैनौं भन्ने सोच्नुको साटो यी समस्याबाट कसरी मुक्त हुने भन्नेबारे सोचौं । यो कुराले हामीलाई आफ्नो बारेमा कैयौं कुरा थाहा पाउन सहयोग गर्छ । र व्यक्तिगत कुराले कसरी हामीलाई  पैसा सम्हाल्ने तरिकालाई प्रभावित गर्छ भन्ने पनि जानकारी हुन्छ । 

यो कुनै जादु होइन
अमण्डाका अनुसार फाइनान्सियल थेरापी र पैसाका लागि जुन व्यवहार हामीमा  विकास गर्न चाहान्छौं, त्यो सब कुनै जादुको छडी जस्तो हुन्न । यो नयाँ विषयवस्तुलाई स्वीकार गरेपछि आरम्भ हुन्छ की हाम्रो अगाडी चुनौती छ । र त्यस्तो चुनौतीसँग भिड्ने योजना पनि हामीसँग छ । तपाईको लक्ष्य के हो ? प्राथमिकता के हो ? कुन सम्बन्धले तपाईको वित्तिय स्वास्थ्यलाई प्रभावित गर्छ ? तपाई कुन कुरा बदल्न सक्नु हुन्छ ? र कुन कुरा बदल्न सक्नुहुन्न भन्ने पनि जानकारी हुन्छ । 

तपाईको जागिर गयो ? 
सबै भन्दा पहिले तपाईले शान्तिपूर्वक मौजद अवस्थाको विश्लेषण गर्नुपर्छ । तपाई ति व्यक्तिहरुसँग कुरा गर्नुस जोसँग आर्थिक प्रतिवद्धता छ ।  जस्तो घर मालिकसँग कुरा गरेर भाडा तिर्ने समय केहि सार्न अनुरोध गर्नुस् । जागिर जानु अघि नै तपाईसँग भएको पैसाले कति समयको खर्च धान्न सक्छ भन्ने योजना बनाउन सक्दा झनै राम्रो हुनेछ । खर्च कटौती र व्यवस्थानका लागि केहि वैकल्पिक उपायहरुबारे पनि सोच्नुस् । 

- सीसिलिया बार्रिया, बीबीसी न्यूज़ मुंडो

Advertisement

Advertisement