प्रधानमन्त्री कप क्रिकेट डिशहोममा ‘लाइभ’ हेर्न पाइने

Advertisement

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ –क्यान)ले आयोजना गर्ने सगरमाथा सिमेन्ट पीएम कप महिला ९टी–ट्वान्टी० २०७७ तथा पीएम कप पुरुष ९एक दिवसीय० २०७७ को प्रत्यक्ष प्रशारण (लाइभ) गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ ।

यही डिसेम्बर २६ देखि दाङको लमहीमा संचालन हुने सगरमाथा सिमेन्ट पीएम कप महिला ९टी–ट्वान्टी० २०७७ मा एक विभागीय टोली र ७ प्रादेशीक महिला टोलीहरु सहभागी हुंदैछन् ।

Advertisement

यसैगरी, काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा जनवरी २०२१ बाट सुरु हुने पीएम कप पुरुष ९एक दिवसीय० २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशिक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।

दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ ।

Advertisement

Advertisement