पाँच महिनामै जीवन बीमा कम्पनीहरुले संकलन गरे झण्डै ५० अर्ब बीमाशुल्क

Advertisement

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७७–७८ को पहिलो ५ महीनामा जीवन बीमा कम्पनीहरूले करीब ५० अर्ब रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त मङ्सिर मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । ती कम्पनीले चालू आवको ५ महीनामा कुल रू. ४९ अर्ब २९ करोड बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

Advertisement

गत कात्तिक मसान्तसम्म जीवन बीमा कम्पनीहरूले रू. ३९ अर्ब २२ करोड बीमाशुल्क संकलन गरेका थिए । असोजमा मात्र १० अर्बभन्दा बढी बीमाशुल्क संकलन भएको देखिन्छ ।

कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीको कारण गत आवको चैत, वैशाख र जेठमा बीमाशुल्क संकलन नराम्रोसँग प्रभावित भएको थियो । तर, असारदेखि बन्दाबन्दी खुकुलो बनाएपछि भने बीमा व्यवसाय विस्तारै चलायमान हुँदै गएको छ । 

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement