बैंकर्स संघको उपाध्यक्षमा उपाध्याय, कोइराला र दे पनि निर्विरोध

Advertisement

काठमाडौं । नेपाल बैंकर्स संघको उपाध्यक्षमा अनिल कुमार उपाध्याय निर्वाचित भएका छन् । संघको रिक्त एक उपाध्यक्ष पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने संघको परम्परा अनुसार उनी एक वर्षपछि संघको अध्यक्ष बन्नेछन् । लामो समयपछि सरकारी बाणिज्य बैंकहरुका तर्फबाट उपाध्याय संघको उपल्लो नेतृत्वमा पुगेका हुन् ।

त्यस्तै, रिक्त रहेका दुई सदस्य  पदमा पनि दुई जना निर्विरोध भएका छन् । संघको कार्य समिति सदस्यमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत दिपक कुमार दे निर्विरोध निर्वाचित भएका हुन् । 

Advertisement

Advertisement

Advertisement