लोडसेडिङ हटाउने कुलमान होइनन्, केपी ओली हुन्ः शंकर पोखरेल

Advertisement

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङ अन्त्य गर्ने कुलमान घिसिङ नभई केपी ओली भएको तर्क गरेका छन् । बिहीबार प्युठानमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा पोखरेलले लोडसेडिङ अन्त्यको जस घिसिङलाई दिइएकोप्रति असन्तुष्टि पोखे ।

भारतबाट विद्युत ल्याउने ट्रान्समिशन लाइन बनाउने र विद्युत खरीद गर्ने काम ओलीको समयमा भएकोले लोडसेडिङ अन्त्य भएको उनको तर्क छ । नेपालमा लोडसेडिङ रहेको बेला प्रधानमन्त्री ओलीले भारतबाट विद्युत ल्याउने ढल्केबर–मुजफ्फपुर ट्रान्समिसन लाइन सञ्चालनमा ल्याउने र विद्युत खरिद सम्झौता गरेर बिजुली ल्याउने कामको थालनी भएपछि लोडसेडिङ अन्त्यको आधार तयार भएको बताए ।

Advertisement

यी कामहरु घिसिङ आउनुअघि नै भएको बताउँदै पोखरेलले प्राधिकरणको एउटा व्यवस्थापकलाई लोडसेडिङ अन्त्यको जस दिनु सही होइन् भने । उनले भने, ‘कुलमान घिसिङले विद्युत चुहावट न्यूनीकरणमा काम गरेका हुन्, विद्युत संकट समाधान गर्ने आधार भने प्रधानमन्त्री केपी ओलीले तय गर्नुभएको हो ।’ 

पछिल्ला दिनमा कुलमान घिसिङ नभएकाले लोडसेडिङ हुन थालेको भन्दै सरकारको आलोचना सुरु हुन थालेपछि मुख्यमन्त्री पोखरेलले लोडसेडिङ अन्त्यको जस घिसिङलाई नभई केपी ओलीलाई जाने बताएका हुन् । 

Advertisement

Advertisement