नेपाल बङ्गलादेश बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसनलाई ३ लाख सहयोग हस्तान्तरण

Advertisement

काठमाडौँ । नेपाल बङ्गलादेश बैंकले काठमाडौं महानगरपालिका वडा नं ३, पानीपोखरी, स्थित फ्रेन्डशिप फाउन्डेसन नेपाललाई तीन लाख रुपैँया सहयोग रकम हस्तान्तरण गरेको छ । 

बैँकको प्रमुख कार्यालय कमलादी काठमाडौँमा आज भएको कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहले फ्रेन्डशिप फाउन्डेसन नेपालका अध्यक्ष प्रकाशबाबु पौडेललाई उक्त रकम रकम हस्तान्तरण गरेका हुन् ।  

Advertisement

सो रकम फ्रेन्डशिप फाउन्डेसन नेपालले शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालय भवन निर्माणका लागि प्रयोग गर्नेछ । गोरखा केराबारी १ मा निर्माण हुन गईरहेको सो पुस्तकालयले स्थानीय विद्यार्थी लगायत बासिन्दाहरुलाई सहज रुपमा विभिन्न किसिमका पुस्तकहरु उपलब्ध गराउने छ ।
 

Advertisement

Advertisement