आरती स्ट्रीपका देशभरका बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार

Advertisement

विराटनगर । निर्देशन उल्लंघन गरेको भन्दै श्रम कार्यालय विराटनगरले मल्टिनेशनल कम्पनी आरती स्ट्रीपका नेपाल भरिका सबै बैंकका खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयलाई पत्राचार गरेको छ । 

ऐन उल्लंघन हुने गरि आरती स्ट्रीपले १८४ जना मजदूरलाई विना कारण निष्काशन गरेको र त्यसको पुनर्वहालीका लागि श्रम कार्यालयले दिएको निर्देशन नमान्नुका साथै श्रम ऐन २०७४ को दफा १६७ बमोजिम कारवाही प्रक्रिया अघि बढाएको श्रम कार्यालयले बताएको छ । 

Advertisement

गत पुस १० गते समयमा काम गर्न कारखानाको गेटमा पुगेका मजदूरहरुलाई उद्योग प्रशासनले बिना कारण प्रवेश निषेध गरेपछि मजदूरहरु आन्दोलित छन् । त्यसको लगत्तै थप मजदूरलाई गेटबाटै फर्कादिएपछि मजदूरहरुले श्रम कार्यालयमा उजुरी दर्ता गराएका थिए । आरतीले मजदूरलाई काम गर्न रोक लगाएपछि मजदूरले पुनर्वहालीको माग गर्दै उजुरी गरेका थिए ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement