चीनले युद्धका लागि रक्षा कानुन संसोधन गर्यो, को छ टार्गेटमा ?

Advertisement

काठमाडौं । चीनले युद्धका लागि सहज हुने गरि रक्षा कानुनमा संसोधन गरेको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले नेशनल डिफेन्स लको संसोधनमा हस्ताक्षर गरि युद्धका समयमा सहज ढंगले काम गर्ने वातावरण तयार पारेका हुन् । 

भारतीय पत्रिका द हिन्दुका अनुसार अब सेन्ट्रल मिलिटरी कमिसन(सीएमसी)सँग राष्ट्रिय हितको रक्षाका लागि सेना तैनाथ गर्ने अधिकतम अधिकार हुनेछ । सीएमसीका प्रमुख राष्ट्रपति जिनपिङ छन् । 

यो परिवर्तन युद्धको तयारी भएको पनि पत्रिकाले दावी गरेको छ । यसले भौगोलिक सिमा, समुन्द्र, अन्तिरिक्ष र बायु  क्षेत्र बाहिर इलेक्ट्रोमेग्नेनिटक नेटवर्कमा पनि सेनाको दायरा विस्तार हुनेछ । पछिल्लो समय चीन र भारतबीच सिमा क्षेत्रमा तनाव उत्पन्न भैरहेको छ । जापानसँग चिनियाँ सागरमा विवाद कायमै छ ।

ताइवानसँग विवाद छ भने हङकङमा पनि चिन विरुद्ध प्रदर्शन भैरहेको छ । यीनै सन्दर्भहरुलाई लिएर चीनले रक्षा कानुन संसोधन गरेको बताइन्छ । 
 

Advertisement

Advertisement

Advertisement