उदयपुर सिमेन्टको जीएमका लागि तीन जनाको नाम सिफारिस

Advertisement

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगको महाप्रवन्धक (जीएम) नियुक्ति गर्न उद्योग मन्त्रालयले बनाएको सिफारिस समितिले अन्तिम तीन जनाको नाम सिफारिस गरेको छ । 

सिफारिसमा पर्नेहरुमा भक्तपुर ठिमीका गोपीकृष्ण न्यौपाने काठमाडौं ज्ञानेश्वरका ध्रुब देवकोटा र कपिलवस्तु वाणगंगाका भूपेन्द्र अर्याल छन् । उनीहरुमध्ये एकलाई संभवतः आउँदो सोमबार बस्ने मन्त्रिपरिषदले नियुक्ति गर्नेछ । 

Advertisement

सरकारी स्वामित्वका सिमेन्ट उद्योगहरु उदयपुर र हेटौंडालाई गाभ्ने तयारी गरिरहेको सरकारले उदयपुरका लागि जीएम नियुक्त गर्न लागेको हो । मर्जर प्रक्रिय लम्बिने भएकाले उदयपुरको व्यवसायिक उत्पादनलाई बढावा दिनेगरी प्रतिस्पर्धाका आधारमा जीएम नियुक्त गर्न लागेको उद्योग मन्त्रालयको तर्क छ । 

Advertisement

Advertisement