चरिबाघको छालासहित एकजना पक्राउ

Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु चरिबाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धापासीबाट चरिबाघको दुई थान छालासहित ताप्लेजुङ फुङ्लिनका ३१ बर्षीय कमल सुनुवारलाई पक्राउ गरेको हो । 

वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि परिचालित प्रहरी टोलीले कारवाहीको क्रममा टोखाको धापासीबाट संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको अवस्थामा सुनुवारलाई आइतबार पक्राउ गरिएको सीआईबीको भनाई छ । 

Advertisement

निजलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, काठमाण्डौमा पठाईएको पनि प्रहरीले जानकारी दिएको छ । 

Advertisement

Advertisement