उद्योगपति पवन गोल्याण औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डमा नियुक्त

Advertisement

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सदस्यमा उद्योगपति पवन गोल्यानलाई नियुक्त गरेको छ । मन्त्रीस्तरको निर्णयबाट उनलाई विज्ञ उद्योगीको रुपमा सदस्य नियुक्त गरिएको हो । 

उद्योगमन्त्री अध्यक्ष रहने बोर्डमा राष्ट्रिय योजना आयोगका एक जना सदस्य, नेपाल राष्ट्र बैंकका गभर्नर, विभिन्न मन्त्रालयहरुका सचिवहरु, केही निजी क्षेत्रका संगठनहरुका अध्यक्षहरु सदस्य रहने व्यवस्था छ । 

Advertisement

बोर्डले औद्योगिक प्रवर्द्धन, लगानीको संरक्षण, अभिवृद्धि तथा औद्योगीकरण सम्बन्धी नीतिगत निर्णय गर्ने, उद्योग सम्बन्धी कानूनको कार्यान्वयनमा कुनै बाधा, अड्काउ वा द्विविधा उत्पन्न भएमा त्यसको समाधानको लागि सहजीकरण गर्ने काम गर्दछ । 

Advertisement

Advertisement