खराब मौसमका कारण आन्तरिक उडानहरु प्रभावित

Advertisement

काठमाडौं । प्रतिकुल मौसमका कारण मंगलबार पनि आन्तरिक उडान सेवाहरु प्रभावित भएका छन् । मुलुकका अधिकांश ठाउँमा बाक्लो हुस्सु र तुवाँलो लागेपछि दुई दिन लगातार उडानहरु प्रभावित भएका हुन् । बुधबार पनि मौसममा सुधार नआउन जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ । 

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मंगलबार विहान साढे १० बजेसम्म तराईका तीन वटा विमानस्थल सञ्चालनमा आउन सकेका छैनन् भने पहाडी भेगका धेरै ठाउँमा उडान डिले भएका छन् । 

Advertisement

तराईको विराटनगर, जनकपुर र भैरहवा विमानस्थलमा न्यून भिजिविलिटिका कारण उडान र अवतरण हुन सकेको छैन् । काठमाडौं उपत्यकाको मौसममा पनि सुधार आउन सकेको छैन् । तर, त्रिभवन विमानस्थलमा भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरुमा भने समस्या नआएको कार्यालयले जनाएको छ । 

Advertisement

Advertisement