प्रभु बैंकले जिल्ला अस्पताल ईलामलाई दियो ५ लाख सहयोग

Advertisement

काठमाडौँ । प्रभु बैंकको ईलाम शाखाले जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । 

गत आइतबार एक समारोहका बीच शाखा प्रबन्धक रोशन संग्रौलाले ईलाम जिल्ला अस्पताल ईलामका मेसु डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रमबीच चेक हस्तान्तरण गरेका हुन् । 

Advertisement

उक्त कार्यक्रममा ईलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होमबहादुर बस्नेत, ईलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य ईन्दिरा राई, समाजसेवी हिमाल कर्मचार्य र समाजसेवी रतन कुमार चौधरी लगायत अस्पतालका कर्मचारी एवम् सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो । 

Advertisement

Advertisement