दि गो ब्राण्डका विद्युतीय गाडिहरुको ब्राण्ड एम्बासडरमा कलाकार मदनकृष्ण श्रेष्ठ

Advertisement

काठमाडौं । नेपालमा दि गो ब्राण्डका विद्युतीय गाडिहरु बिक्री गर्दै आएको एनईभी नेपाल प्रालिले उक्त ब्राण्डका गाडिहरुको ब्राण्ड एम्बासडरमा कलाकार मदनकृष्ण श्रेष्ठलाई नियुक्त गरेको छ । 

बुधबार आयोजित कार्यक्रममा थी गो गाडिहरुको प्रवद्र्धनका लागि श्रेष्ठ ब्राण्ड एम्बासडरको रुपमा रहने कुरा सार्वजनिक गरिएको हो । विद्युतीय गाडिमा मोडिने अहिले उपयुक्त समय भएको भन्दै दि गो ले विद्युतीय यातायातमार्फत आर्थिक तथा बाताबरणीय क्षेत्रमा ठूलो लाभ लिन सकिने बताएको छ । 

Advertisement

साथै, कम्पनीले यस अभियानमा कलाकार श्रेष्ठको संलग्नता महत्वपूर्ण भन्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त पुरानिकले श्रेष्ठको सहभागिताले दि गो लाई नेपालका हरेक शहरहरुसम्म पुर्याउन आफूहरु सफल हुने विश्वास व्यक्त गरे । ब्राण्ड एम्बासडरको रुपमा विद्युतीय गाडिको प्रवद्र्धन गर्न श्रेष्ठले भूमिका खेल्नेछन् । 

दि गो नेपालका लागि उपयुक्त विद्युतीय सवारी साधन भएको कम्पनीको भनाई छ । शुन्य प्रदुषण गर्ने यस्ता गाडिहरुले नेपाललाई पर्यावरणमैत्री बनाउन सहयोग  गर्ने भन्दै एनईभीले जनाएको छ । दि गो का प्यासेन्जर भेहिकलहरुमा ईअइट ह्याटब्याक कार, कमर्सियल भेहिकलमा डाँफे माइक्रोबस, जोयलङ इसिक्स मिनिबसहरु रहेका छन् । 
 

Advertisement

Advertisement