शेयर बजार दोेहोरो अंकले बढ्दा नेप्से नयाँ उचाईँमा पुग्यो, कारोबार रकम भने घट्दो

Advertisement

काठमाडौँ । दुई लगातार ओरालो लागेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । सोमबार ६.३६ अंक र मंगलबार ३.५४ अंकले घटेको शेयर बजार आज भने १३.०७ अंकले बढेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार ०.६० प्रतिशतले बजार बढ्दा परिसूचक २१७८.५७ अंकमा उक्लिएको छ ।

Advertisement

आज २०१ कम्पनीका १ करोड ५ लाख ३४ हजार १ सयल ५७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ४८ लाख ४२ हजार ५ सय ९७ रुपियाँ बराबरको शेयर कारोबार भयो । नेप्से परिसूचक बढे पछि कारोबार रकम भने दिनदिनै घट्दै गएको देखिन्छ ।

हिजो मंगलबार ४ अर्ब ५६ करोड ६३ लाख ८१ हजार १ सय ७८ रुपियाँ बराबरको कारोबार भएको थियो भने सोमबार ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार १ सय २२ रुपियाँ बराबरको कारोबार भएको थियो । साताको पहिलो दिन आइतबार भने बजारमा रौनक छाएको थियो । उक्त दिन ८८.१२ अंकले बजार बढ्दा ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८ सय ८९ रुपियाँको शेयर किनबेच भएको थियो । 

आइतबार नै नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गर्दै २१७५.३९ अंकमा पुगेर रोकिएको थियो । त्यसपछिका दुबै दिन बजार घटे पनि आज बजार बढ्दा परिसूचक २१७८.५७ अंकमा उक्लिएर नयाँ रेकर्ड कायम भएको हो । आज दोहोरो अंकले बजार बढेको दिन ट्रेडिङ समूह र जलविद्युत समूह राताम्मे भए भने बाँकी अरु समूहमा हरियाली छायो । सबैभन्दा बढी निर्जीवन बीमा समूह ११२.६६ अंकले बढेको नेप्सेले जनाएको छ । 

आज सबैभन्दा बढी कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी जनउत्सान सामुदायिक लघुवित्तका शेयरधनीहरुले ९.९९ प्रतिशत, स्वाभिमान लघुवित्तका शेयरधनीहरुले ९.९४ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीहरुले ९.९४ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सका शेयरधनीहरुले ९.४९ प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै नेपाल इन्भेष्टमेण्ट बैंकका संस्थापन शेयरधनीहरुले सबैभन्दा बढी ८.५५ प्रतिशतले घाटा व्यहोरेका छन् । आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । नेपाल लाइफको २१ करोड ३३ लाख ८६ हजार ७ सय ४३ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement