प्राइम लाइफले ४ दिनमै मृत्यु दाबी भुक्तानी गर्यो

Advertisement

काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले अर्घाखाँची जिल्ला शीतगंगा नगरपालिका–२ सितापुर स्थायी घर भई सन्धिखर्क नपा १, मा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आएका स्वर्गीय प्रेमवहादुर क्षेत्रीको परिवारलाई जीवन बीमा बापतको मृत्यु दाबी भुक्तानी रकम  कागजात पूरा भएको ४ दिनमा हस्तान्तरण गरेको छ । 

कोरोनाका कारण युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारकै क्रममा मंसीर ३ गते मृत्यु भए पश्चात निजकी श्रीमती केसरा क्षेत्रीले मंसीर २४ गते  कम्पनीमा निवेदन दिएकी र आबश्यक सम्पूर्ण कागजात पुस १६ गते पूरा गरेकी थिइन् ।

Advertisement

उनले प्राइमलाइफ इन्स्योरेन्स कम्पनीमा रु. २,०१,०००.०० (दुई लाख एक हजार मात्र) को बीमा गरेका थिए । उनले कम्पनिमा  ३ किस्ता बापत रु.४९,००० मात्र बुझाएका थिए । 

उनको मृत्यु पश्चात मृत्यु दाबी भुक्तानी वापतको रकम रु. २,३७,९८४.०० (दुई लाख सैतीस हजार नौ सय चौरासी रुपैया) मध्ये निजको यस वर्षको किस्ता रकम भुक्तानी नगरेकोले सो बापतको रकम रु. १६,३५२.०० कट्टा गरी बा“की रकम रु. २,२१,६३२.०० (दुई लाख एक्काईस हजार छ सय वत्तीस रुपैया मात्र) कम्पनीले मृतककी श्रीमती केसरा क्षेत्रीको वैंक खाताका पौष २० गते सिधै भुक्तानी गरेको कम्पनिको अर्घाख“ाची कार्यालयका प्रमुख नारायण घिमिरेले जानकारी दिए । 

Advertisement

Advertisement